सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
७ फागुन, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य उच्च अंकले बढेको छ । पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य आज भने तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ४ सय कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १०:४४










