भोजपुरमा सेना चढेको गाडी दुर्घटना
६ फागुन, काठमाडौं । भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका(४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १५:५८










