भोट नदिएपनि हुन्छ, काम दिनुस्ः बालेन शाह
६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताउनुभएकाे छ । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेनले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘ राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ।’
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १५:४८










