सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा
२५ माघ, पाेखरा । सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा भएका छन् । नेबिसंघका नेताहरू डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलले पोखराका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए ।

शुक्रबार जिल्ला अदालत कास्कीले उनिहरूलाइ साधारण तारेखमा रिहा गरेकाे हाे ।
प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १८:११












