६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

निरन्तर घट्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

६ फागुन, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्य  घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय कायम भएको थियो । यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८८० निर्धारण भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १०:४९