२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

होटल फरेष्ट इनको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

६ फागुन, काठमाडौं । होटल फरेष्ट इन लिमिटेड (होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ) ले आफ्नो सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

दुवै पक्षबीच सेयर रजिष्ट्रार नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीका संस्थापक तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण सेयरसम्बन्धी सम्पूर्ण रजिष्ट्रार सेवा प्रदान गर्नेछ।

यसअन्तर्गत सेयरहरू सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने, बाँडफाँड भएका सेयर सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार अभिलेख राख्ने, दाखिल–खारेज गर्ने तथा सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू समेटिएका छन्। उक्त सेवा २०८२ साल फागुन १० गते आइतबारदेखि थापाथलीस्थित ट्रेड टावर नेपालबाट सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : 10:02