३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा

५ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्ने कार चालक पारस बम रहेका छन् ।

चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि रामशाहपथस्थित कार्यालयमा राखिएको छ। बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १७:२६