आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
५ फागुन, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १०:५१










