८० यात्रु सवार श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण हुन सकेन
५ फागुन, काठमाडौँ । ८० यात्रु सवार श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण हुन नसकेपछि सोमबार मध्यराति काठमाडाैँ नै फर्किएको छ । थोरै विमान र धेरै उडान संख्याका कारण उडान तालिकमा जहिल्यै प्रभावित बनाउने गरेको श्रीएयरलाइन्सको सोमबार रातिको उडानमा समस्या भएको हो ।
श्री एयरलाइन्सको जाहाज अवतरण हुन नसकेपछि यात्रुहरू मर्कामा परेका छन । श्री एयरलाइन्सले सोमबार राति धनगढी पुग्न नपाएका यात्रुका लागि मंगलबार बिहान पहिलो उडानमा जान अवसर दिने जनाएको छ ।
धनगढीका लागि काठमाडौँबाट राति ९ः४५ बजे उडेको जाहाज धनगढी विमानस्थल अवतरणकको प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०७:०८










