देशमा फेरि भयानक द्वन्द्व हुनसक्छः अध्यक्ष ‘प्रचण्ड’
२५ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरी द्वन्द्व हुनसक्ने सम्भाबना रहेकाे बताएका छन् । कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चिन्ता व्याक्त गरेका छन् ।

शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गरीएकाे छ त्यही अनुरुप अघि बढ्न नसके नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउने दाहालकाे भनाइ रहेकाे छ । उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।
प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १५:४३












