४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

४ फागुन, काठमाडौं।   नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ५ हजार ८ सय कायम भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १०:५३