मध्यरातमा गुडिरहेको यात्रुबाहक बसमा आगालागी
४ फागुन, काठमाडौँ । मध्यरातमा गुडिरहेको यात्रुबाहक बसमा आगालागी भएको छ । धादिङको जरेखेतमा गुडिरहेको बसमा आगो लागेको प्रत्यक्षदर्शी राधेश्याम गजुरेलले जानकारी दिनुभयो ।
सर्लाहीको बरहथवाबाट काठमाण्डौतर्फ यात्रु लिएर आईरहेको शिवगंगा यातायात बागमती प्रदेश ०३ ००१ ख २५६० नम्बरको यात्रुवाहक बस धादिङ जिल्लाको आदमघाट नजिक जरेखेतको उकालोमा आगालागी भई पुर्ण रुपमा क्षति भएको छ ।

रातको २ बजेतिर सडकको बिच भागमा गुडिरहेको अवस्थामा ब्रेक जाम भई आगलागी भएको बताइएको टछ । सुरूमा पछाडिको टायरमा आगो सल्केको प्रत्यक्षदर्शीले बताएका छन ।
धुँवाको मुस्लो निस्केसँगै बसबाट यात्रुहरु भागदौड गर्दै ओर्लिएको बरहथवा(९ सर्लाहीका दुर्गा रायले बताउनुभयो । यात्रुहरु झरिसकेपछि सम्भव भएसम्म यात्रीका सामान निकालिएको थियो भने पछाडि डिक्की साईडमा रहेको सामान र लगेजहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ०७:२९










