३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

चलचित्र ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला

३ फागुन, काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार चलचित्र चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ।

फिल्मका लागि २० देखि २६ वर्ष उमेर समूहकी एक जना सेकेन्ड लिड अभिनेत्री, एक जना बालक र दुई जना बालिका आवश्यक रहेको जनाइएको छ। त्यस्तै २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकार पनि अडिसन मार्फत चयन गरिने निर्माण पक्षले जानकारी दिएको छ। अडिसनमा सहभागी हुन चाहनेले आफ्नो बायोडाटा सहित निर्माण कम्पनीको जिमेल [email protected] मा डिटेल पठाउन सकिनेछ। आवेदन पठाउँदा कृपया यी विवरणहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ। आफ्नो हालसालै खिचिएको फोटो,हाइट र वेटको स्पष्ट विवरण यदि अभिनय गरेको भए भिडियो, सर्ट फिल्म वा चलचित्र छन् भने, तिनका लिंकहरू सम्पूर्ण विवरणहरू ईमेल मार्फत पठाउन सकिनेछ । छनोट भएका उम्मेदवारहरूलाई अडिसन मिति र स्थान सम्बन्धी जानकारी इमेल मार्फत गराइनेछ ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी तथा निर्माता रघुनाथ सापकोटाको सहकार्यमा बन्न लागेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, नयाँ ऊर्जा र फरक प्रस्तुतिका साथ दर्शकमाझ आउने अपेक्षा निर्माण टिमले गरेको छ। फिल्म आगामी वर्ष २०८३ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

चलचित्रको छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीत भीम बिष्टले दिनेछन्। आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १२:४२