एकै दिन २३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
३ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको २ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १०:३४










