ककनीमा हरेक टोलमा एमाले प्रवेशको लहर
१ फागुन, ककनी । नुवाकोट जिल्ला १ नम्बर क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का मतदातासँग घरदैलो भेटघाट गर्दै गर्दा देखिएको उत्साह र जनसमर्थनले एमाले पंक्तिलाई अत्यन्त उत्साहित बनाएको छ । मतदाताको अपार माया र सहभागिताले विपक्षी दलका नेताहरूको मुटु हल्लिएको छ ।
२०७९ सालमा बद्री मैनालीले ककनीबाट तत्कालिन महागठबन्धनका उम्मेदवार हितबहादुर तामाङलाई झन्डै २०० मतको फरकले पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए । यसपालि, सबै पार्टीका उम्मेदवार एकल प्रतिस्पर्धामा रहँदा एमालेको मतान्तर अझ बढ्ने सम्भावना बलियो देखिएको छ ।

ककनीका प्रत्येक वडामा तीन–चार ठाउँमा सयौं मतदाताहरू भेला भई मैनालीसँग भलाकुसारी, सल्लाह र शुभकामना आदानप्रदान गर्दै उत्साह देखाएका छन् । मतदाताहरूले विगत २६ वर्षसम्म निरन्तर निर्वाचित भएर पनि आफ्ना समस्यामा ध्यान नदिएको अन्य नेताहरूको पछुटो व्यक्त गर्दै, यसपटक एमालेलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार मैनालीलाई कतै अविर, कतै खादा र माला, कतै स्ट्रबेरीले स्वागत गरिएको थियो । यसरी ककनी एमालेको लागि उर्भर भूमिमा परिणत भइरहेको छ । केही समयअघि भएको जेनजी प्रोटेस्टमा सहभागी युवाहरू, रास्वपा, र अन्य युवा पुस्ताले काम गर्ने इच्छा, योजना र भिजन मैनालीसँग रहेको भन्दै एमालेमा प्रवेश गरेका छन् । महिला, कृषक र आम नागरिकको आकर्षणले पनि पार्टीमा नयाँ जोश थपेको छ ।

मतदाताको उत्साह, पार्टी प्रवेश र सहभागिता देखेर मैनालीले आफ्नो नीति, योजना र प्रतिबद्धता अनुरूपका कार्यक्रम कार्यान्वयन गर्ने र मतदाता तथा आम नागरिकसँग सधैं प्रत्यक्ष सम्पर्कमा रहने बाचा गरेका छन् । उनले नुवाकोटलाई दिगो विकास र समृद्धिको यात्रामा अघि बढाउन एमाले बाहेक अन्य पार्टीसँग कुनै स्पष्ट भिजन नभएको दाबी गरेका छन् ।
बद्री मैनाली साधारण किसान परिवारमा जन्मिएका गाउँले केटा हुन् । अरुको काम गर्दागर्दै व्यापार व्यवासाय गर्दै उनी यहाँसम्म आईपुगेका हुन् । त्यस कारण पनि उनी मतदाताको बीचमा अरुभन्दा लोकप्रिय छन् ।
यो तीस बर्षमा लिखु खोला र तादी खोलामा धेरै पानी बगि सकेको छ । तर परिवर्तन भने शुन्य । तीस बर्षका नुवाकोट १ ले धेरै नेता पाए । पटक पटक अर्थमन्त्री र अन्य मन्त्रीहरु पाए । तरपनि नुवाकोटको समस्या देशकै राजधानीको छेउमा रहेर पनि उस्तै छ ।
बरु ३० वर्षदेखि राजनीतिमा सक्रिय रहँदै उनले स्थानीय समस्या, पीडा र दुःखमा सँगै रहँदै काम गर्दै आएका छन् । उनका समर्थकहरूका अनुसार, जेनजी र युवा पुस्ताले अब पुराना पार्टी होइन, नयाँ विचार र व्यवहारमा सक्षम अनुहार खोज्नु पर्छ, र मैनाली त्यस अनुरूपको नेता भएको बताएका छन् ।
ककनीमा भएको घरदैलो भेटघाट, मतदाता सहभागिता र एमाले प्रवेशको यो ठूलो उत्साहले नुवाकोट–१ को निर्वाचनलाई थप चर्चा र प्रभावशाली बनाउने निश्चित देखिन्छ । ककनीबाट उठेको यो ऊर्जा र राजनीतिक हावाले सुर्यगढी, शिवपुरी र दुप्चेश्वरको डाँडासम्म फैलिने विश्वास मतदाताहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १७:४५










