२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दुर्घटनामा परेका नेकपाका नेता एवं सांसद उत्तरकुमार ओलीकाे भेण्टिलेटरमा राखेर उपचार हुँदै

२५ माघ, बाँके । सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा नेता एवं प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।  ओलीकाे शिक्षण अस्पताल कोहलपुरमा रातिदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । डाक्टर सञ्जिवकुमार झासहितको चिकित्सक टोलीले सांसद ओलीको उपचार गरिरहेको छ ।

बिहीबार  साँझ तुलसीपुरबाट वीरगञ्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार लमही–घोराही सडकखण्डमा ठोक्किएर दुर्घटना हुँँदा  सांसद ओलीसहित १३ जना घाइते भएका थिए । दुर्घटनामा परि एक महिलाको ज्यान गएको थियो । ओली दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट नेकपाबाट सांसद निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १०:१२