१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

पेस्तोलसहित चन्द्रागिरीबाट एक जना पक्राउ

१ फागुन, काठमाडौं । पेस्तोलसहित चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् ।  चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १३:१८