१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाापावल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुछाापावल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १०:५४