१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

नबिल बैंकको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१ फागुन, काठमाडौं। नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा सर्वसाधारण तथा कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि सो सेयर बिक्रीमा राखेको थियो । तर संस्थापक सेयरधनीहरुबाट सो सेयर खरिदका लागि आवेदन नआएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ०९:२९