२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपालीरिका होटेलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

२९ माघ, काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ ।

सो सम्झौतामा नेपालीरिका होटेलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बिहीबार भएको सो द्विपक्षीय सम्झौतामा निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गर्ने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १७:५९