२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अमृत लम्साल नियुक्त

२९ माघ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा अमृत लम्साल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सरकारले भन्सार विभागका उपमहानिर्देशक रहनुभएको लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी दिएको हो ।

शपथ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १७:५२