१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

काठमाडौँ लिंकन स्कुलकाे ‘म्युजिक एण्ड डान्स फेस्टिभल–२०२५’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । काठमाडौँ लिंकन स्कुलले ‘म्युजिक एण्ड डान्स फेस्टिभल–२०२५’ भव्य रूपमा सम्पन्न गरेको छ।

तारकेश्वर-८ मा अवस्थित काठमाडौँ लिंकन स्कुलले माघ २८ गते राष्ट्रिय नाचघर, जमलमा ‘म्युजिक एण्ड डान्स फेस्टिभल–२०२५’ भव्य रूपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष, प्रिन्सिपल, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा अन्य विभिन्न विद्यालयका प्रिन्सिपल तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यालयको मूल नारा “मानवताका लागि गुणस्तरीय शिक्षा” लाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका थिए। कूल ५९ वटा प्रस्तुति समावेश गरिएको कार्यक्रममा नृत्य, गायन, ड्रामा, कराते प्रदर्शनलगायत विविध सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूले आत्मविश्वासका साथ मञ्चमा प्रस्तुति दिँदै दर्शकहरूको मन जितेका थिए। विभिन्न सांस्कृतिक नृत्यहरूले नेपाली कला–संस्कृतिको झल्को दिएका थिए भने गीत–संगीतले सभाहललाई उत्साहमय बनाएको थियो। कराते प्रदर्शनले अनुशासन, साहस र आत्मरक्षाको सन्देश दिएको थियो।

स्कुलका प्रिन्सिपल राजेन्द्र पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना सन्तानको प्रतिभा प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।

सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

काठमाडौँ लिंकन स्कुल तारकेश्वर नगरपालिका भित्रको उत्कृष्ट नतिजा दिने विद्यालय हो । प्राकृतिक शान्त वातावरणमा रहेको विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १६:१८