बिहीबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ८.९७ अंकले घटेर २६७१.०७ को बिन्दुमा बन्द भएको छ । बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । यस दिन ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य यस दिन ९.८८ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७.०२ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १५:१२








