२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

हाथवे इन्भेष्टमेन्टको नाफा १ करोड ९४ लाख, प्रतिसेयर आम्दानी कति ?

२९ माघ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७४.७४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल खर्च ११५.२५ प्रतिशत र कुल आम्दानी ७६.१७ प्रतिशत बढेको छ।

१ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी १७ पैसा बढेर १ रुपैयाँ २३ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२०.९० गुणा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ११:५९