२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२९ माघ, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ११:०७