१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फोन चार्ज गर्दै  गीत सुनिरहेका  युवककाे करेन्ट लागेर मृत्यु

२४ माघ, थाइल्याण्ड । थाइल्याण्डमा फाेन चार्ज गर्दै गीत सुनिरहेका युवककाे केन्ट लागेर मृत्यु भएकाे छ । थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलकाे मृत्यु भएकाे हाे ।  २४ वर्षका क्रिस्टाडाको स्थानीय मिडियाका अनुसार  इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको जनाएकाे छ ।

मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ । पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको जानकारी दिएका छन् । एजेन्सी

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार १८:०५