२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

आईपीओ निष्कासन गर्दै सिद्धार्थ फर्मास्युटीकल्स, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल

२८ माघ, काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक सेयर ( आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर आईपीओ निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा माघ २७ गते काठमाडौं नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गर्नुभयाे ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १७:०९