२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

नेप्सेले सार्वजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबार योग्य ११० कम्पनीको नाम

२८ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरूका लागि कारोबार गर्न योग्य ११० वटा कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ।

कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक छन्। त्यस्तै २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४ वटा जलविद्युत कम्पनी २ वटा उत्पादन समूह, २ वटा होटल र २ वटा अन्य समूहका कम्पनी छन्।

नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूलाई दफा ३(३) अनुसार अद्यावधिक गरी, सोही कार्यविधिको दफा ३(१) मा भएको व्यवस्थाअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १७:०५