मुक्तिनाथ कृषि कम्पनीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२८ माघ, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५.२८ प्रतिशत घटेको छ भने कुल आम्दानी १५.८१ प्रतिशत घटेको छ। ७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५० पैसा बढेर ४ रुपैयाँ ६९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २९१.७१ गुणा रहेको छ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १५:३४








