नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
२८ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ । बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको भने १३३ कम्पनीको मूल्इ घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार रिदी पावर कम्पनीको सर्बाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ६५ करोड ४७ लाख रुपैयाँको काराेबार भएकाे हाे । रिडी पावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.६७ प्रतिशत बढेको छ। सुमर माइ हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ६.३९ प्रतिशत घटेको छ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १५:१५








