२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठकलाई काठमाडौं ल्याइयो

२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई धम्क्याउने प्रकाश पाठकलाई फिलिपिन्समा पक्राउ गरी काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १३:३१