बुङ्गल हाइड्रोपावरको नाफा २ करोड ७७ लाख, प्रतिसेयर आम्दानी कति ?
२८ माघ, काठमाडौं। बुङ्गल हाइड्रोपावरले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ७७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ५२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा साेही अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत २७ करोड २२ लाख आम्दानी गरेकाे थियाे ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९०.६६ गुणा रहेकाे छ ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ११:२२













