१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

सरकारले भूकम्प पिडितलाई घर बनाउन वनको जग्गा दिने

२४ माघ, काठमाडौँ । सरकारले भूकम्प पिडितलाई घर बनाउन वनको जग्गा दिने भएकाे छ । मन्त्रिपरिषद बैठकले  भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्बास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेकाे थियाे ।

आफ्नो जग्गामा घर बनाउन उपयुक्त नभएका भूकम्प प्रभावितलाई वन क्षेत्रमा बस्न दिने गरी कार्यविधि ल्याइएको सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । भुकम्पले घर भत्काएका पिडितकाे आफ्नो थातथलोमा घर बनाउन नमिल्ने भएमा र अन्यत्र बनाउन पनि ठाउँ नभएमा त्यस्ता व्यक्तिले वनक्षेत्रमा घर बनाउन पाउने मन्त्री बाँस्काटाेले बताए ।

मन्त्री बास्कोटाले भूकम्प पिडितलाइ छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्यविधि ल्याएको बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार १७:१७