१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

एनआरएन इन्फ्रास्ट्रक्चर नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

२८ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी ५२ लाख ९३ हजार नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ नाफामा थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी बिक्रीको नाफा १ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी १४.०७ प्रतिशत घटेको छ । याे अवधिमा कम्पनीकाे कुल आम्दानी ८५.३२ प्रतिशत घटेको छ।

१ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९६ करोड ६५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ रुपैयँ ३७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ पैसा ऋणात्मक रहेकाे छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४९ पैसा रहेको छ।

प्रकाशित मिति : February 11, 2026 at 11:14 am