२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

निरन्तर बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

२८ माघ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय कायम भएको थियो । यस्तै आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १०:५६