२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

घाँटीमा मासु अड्किँदा नुवाकोटमा एक महिलाको मृत्यु

२८ माघ, नुवाकोट । घाँटीमा मासु अड्किँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका–५ गोरख्याङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्दै आएकी वर्ष ४९ की गंगामाया तामाङको मृत्यु भएको हो डिएसपी विक्रम लामाले पुष्टि गर्नुभएको छ ।

प्रहरीका अनुसार मिति २०८२ माघ २६ गते बेलुका करिब ८ बजे काठमाडौंस्थित आफ्नै डेरामा खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि उनी अचानक अचेत भएकी थिइन् । तत्काल उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएकोमा राति करिब १०ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ०९:०१