२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

नेकपाको प्रतिबद्धताः ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर, ५ लाखलाई रोजगारी

२७ माघ, काठमाडौं । २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेकाे हाे ।

आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने महत्वाकांक्षी लक्ष्य पार्टीले लिएको जनाएकाे छ । साथै, हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने योजना रहेकाे जनाएकाे छ ।

प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने र वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने नीति लिइएको छ । साथै, उत्पादन लागत कम गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र व्यापार घाटा न्युनिकरण गर्ने रणनीति तय गरकाे उल्लेख गरेकाे छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:४१