२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

६ महिनामा १० खर्ब ६२ अर्ब भित्रियो रेमिट्यान्स

२७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पहिलो ६ महिनामा नेपालको बाह्य अर्थतन्त्र सकारात्मक सुधार भएको छ ।

समीक्षा अवधिमा मुलुकको निर्यात ४३.८ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । भने आयात पनि १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड कायम भएको छ। कुल व्यापार घाटामा १०.१ प्रतिशतको वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ ।

रेमिट्यान्स ३९.१ प्रतिशतको उच्च वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा १०.३ प्रतिशतको संकुचन आएको छ ।

२०८२ असार मसान्तको तुलनामा पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब ४७ करोड रहेको छ । जसले २१.४ महिनाको वस्तु आयात र १८.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १५:०८