पुस मसान्तसम्म ३५ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च निराशाजनक
२७ माघ, काठमाडाैं । आर्थिक बर्ष २०८२/८३ को पहिलो ६ महिनामा ३५. १४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्व ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्व २१ करोड ७८ लाख अर्थात ३५.१४ प्रतिशत खर्च भएको हो ।
अर्थ मन्त्रालयका अनुसार खर्च भएको कुल रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत रहेको छ । समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्व राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ, जसमा सङ्घीय सरकारको हिस्सा १३ खर्च १५ अर्व रहने अनुमान छ । पुस मसान्तसम्मको ७ खर्ब ११ अर्व २० करोड ७८ लाखको लक्ष्यको तुलनामा विविध प्राप्ति समेत गरी ५ खर्व ८१ अर्ब ४० करोड ७२ लाख अर्थात् ८१.७५ प्रतिशत राजश्व संकलन भएको छ । समीक्षा अवधिको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी रहेको छ ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १४:३९








