आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
२७ माघ, काठमाडौं। स्थानिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ भने घटेका छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ११:०२








