२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

अवैध लागूऔषधसहित नुवाकोटका प्रकाश काठमाडौंबाट पक्राउ

२६ माघ, काठमाडौं । अवैध लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरी रहेका छन् ।

सोमबार बिहान काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेटसहित काठमाडौं ठकुरीलाई प्रहरीले पक्राउ गरेको हाे । उक्त स्थानमा खटिएको प्रहरीले बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १३:१४