२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

जेन्जीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने : प्रचण्ड

२५ माघ, काठमाडौँ । संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगी भेट गर्नुभएको छ । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राख्नुभयो । साथै उहाँहरुले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

जेन्जी संयुक्त जेन्जी आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै मुद्दा भएको बताउनुभयो। साथै, २३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं, संयोजक प्रचण्डले भन्नुभयो

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १८:२३