२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ

२५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६४ वर्षीय इम्यिाज अहमद छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट ४० ग्राम सुनसहित शनिबार बेलुका उनलाई पक्राउ गरिएकाे प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले जनाएकाे छ । एअर इन्डियाको उडानमार्फत भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १८:११