कांग्रेसले गठन गर्यो केन्द्रीय अनुशासन समिति
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको हो ।
गुरुङ नेतृत्वको समितिमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल रहनुभएको छ ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १७:३७








