२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

२५ माघ, काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक सफलता हात पारे ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १७:१६