राजनीतिक बजारमा गडबडीको खिचडी पाक्दैछः गोकुल बास्कोटा
२५ माघ, काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ संकट आउने संम्भावनाबारे शंका गर्नुभएकाे । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजनीतिक बजारमा ‘गडबडी’को शंका गर्नुभएकाे हाे ।
बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकका लेख्नुभएकाे छ, ‘फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त। ककस्ले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन। राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १४:५१








