४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

बन्दीपुर केवलकारको २ लाख ६४ हजार कित्ता सेयरको लक इन अवधि फागुनमा सकिँदै

२५ माघ, काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको साधारण सेयरको ‘लक-इन’ अवधि समाप्त हुन लागेको छ। कम्पनीको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लक इन अवधि फागुन २९ गते समाप्त हुन लागेको हो ।

कम्पनीका अनुसार २०८२ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको साधारण सेयर २०८२ भदौ ३० गते बाँडफाँड गरिएको थियो। कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

‘लक-इन’ अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १४:०५