४३.८३ प्रतिशतले बढ्यो स्वाभिमान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?
२५ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८३ प्रतिशतले बढी हाे ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ रहेको खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड १३ लाख रुपैयाँबाट ६१.५३ प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ८ करोड ६५ लाख रुपैयाँबाट ६७.७५ प्रतिशतले वृद्धि हुँदै १४ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
याे अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २ करोड ९० लाख रुपैयाँबाट ४३.८३ प्रतिशतले बढेर ४ करोड १७ लाख रुपैयाँ नाघेको छ। कम्पनीले हालसम्म ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। १५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा ७ करोड ४५ लाख रुपैयाँ र रिजर्भमा ८ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७.८३ रुपैयाँबाट बढेर ३८.११ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.१८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.०८ गुणा रहेको छ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १२:११








