२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

लाभांश प्रस्ताव पारित गर्न सुपरमाई हाईड्रोपावरले बोलायो साधारण सभा

२५ माघ, काठमाडौं। सुपरमाई हाईड्रोपावर लिमिटेडले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले फागुन १७ गते काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा ११ औं साधारण सभा बोलाएको हो ।

साे सभा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने, कम्पनीको पूँजी संरचना परिवर्न गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १०:०३