२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२५ माघ, काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा न्यूनतम प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ०९:३१